
काठमाडौं, भदौं २ । सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ ।
सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केही दिनअघि मात्र काउन्सिल सदस्यमा नियुक्त भण्डारीलाई यो जिम्मेवारी दिएको हो । श्रेष्ठलाई काउन्सिल सदस्यबाट भने हटाइएको छैन ।
यसैगरी बैठकले डा.कल्याण रोकालाई युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्