
काठमाडौं, भदौ २ । मंगलबार देशभर कोरोनाका १०१६ संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०१६ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।
मंगलबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २५७ पुगेको छ ।
विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन् ।
यो सहित हालसम्म निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ११४ पुगेको छ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्