
काठमाडौं, भदौ २ । मंगलबार शेयर बजार सामान्य अंकले उकालो लाग्यो । कारोबार अर्बमाथि रह्यो ।
उतारचढावबीच बजार परिसुचक नेप्से ५ अंकले उकालो लागेर १४ सय ७ पुग्यो ।
यस दिन कारोबार भएका आधा समुह हरियो रहँदा आधा रातो रहे ।
यस दिन जीवन बिमा समुह सबैभन्दा उच्च ५४ अंकले उकालो लाग्यो ।
निर्जिवन बिमा, व्यापार, उत्पादनमुलक, अन्य र लघुवित्त समुह क्रमशः दोहोरो अंकले उकालो लाग्दा होटल समुह ९ अंकले खुम्चियो ।
यस दिन १ सय ८९ कम्पनीको ४१ लाख १४ हजार कित्ता शेयर १ अर्ब २३ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्