
काठमाडौं, भदौ ३ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधिश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने कार्य नगर्नु भनि आदेश दिएको हो ।
प्रेस काउन्सिल ऐन नै बाझिने गरी सरकारले नियमावली संशोधन गरेको भन्दै काउन्सीलकै सदस्य चेतनाथ धमलाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
सरकारले साउन २६ गते काउन्सिलको नियमावली संशोधन गर्दै कार्यवाहक अध्यक्ष सरकारले नियुक्त गर्न सक्ने बुँदा थप गरी भण्डारीलाई सदस्य नियुक्त गर्दै कार्यवाहक अध्यक्ष बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्