
काठमाडौं, भदौ ३ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोकाले कोरोनाका कारण रोजगारी गुमाएका युवाहरुलाई निराश हुन नदिने बताउनुभएको छ ।
बुधबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष डा. रोकाले कोरोना (कोभिड—१९) का कारण देश विदेशमा रोजगारी गुमाई स्वेदश फर्केका युवाहरुलाई निराश हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कोरोनाका कारण कोषको दायित्व र भूमिकाहरु बढेको भन्दै उहाँँले स्वदेश र विदेशमा रोजगारी गुमाएका युवाहरुको संख्या ठुलो रहेकोले कोषको कार्यक्षेत्र अझै बढेको उहााँको भनाई छ ।
सरकारले सोमबार डा. रोकालाई स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्