२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसदका सभा अध्यक्षहरुको विश्व सम्मेलन शुरु


0
Shares

काठमाडौं, भदौ ३ । एक सय भन्दा बढी देशका संसद प्रमुखहरुको सहभागिता रहेको संसदका अध्यक्षहरुको पाँचौ विश्व सम्मेलन बुधबारबाट शुरु भएको हो ।

अन्तर व्यवस्थपिका संघ (आइपीयू) र अष्ट्रियाको संसदको संयुक्त आयोजनामा जारी सम्मेलन बिहीबारसम्म चल्ने छ ।

सम्मेलनमा नेपाल तर्फबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का र राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्याल सहभागि हुनुभएको छ ।

सम्मेलनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले विश्वले कोरोनालाई छिट्टै पराजित गरी जनजीवन सहज बनाउन सफल हुने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रत्येक पाँच वर्षमा आयोजना हुने सम्मेलन यो वर्ष अष्ट्रियाको भियनामा हुने तय भएपनि कोरोना संक्रमणका कारण ‘भर्चुअल’ माध्यमबाट भएको हो ।

सम्मेलनमा जलवायु परिवर्तन र सुशासन प्रवद्र्धन लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने कार्यतालिका रहेको छ ।

सम्मेलन आगामी २०२१ मा पुनः अष्ट्रियामा नै आयोजना हुने आईपीयूको सचिवालयले जनाएको छ ।