१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा निषेधाज्ञामा कडाई, एक हजारभन्दा बढी व्यक्ति प्रहरी कार्वाहीमा


0
Shares

kathmandu lockdown police punishment people

काठमाडौं, भदौं ४ । काठमाडौं उपत्यकामा निषेधाज्ञामा निकै कडाई गरेको छ । अघिल्ला दिनको तुलनामा सडकहरु सुनसान छन् ।

काम विशेष नभएरै पनि घर बाहिर निस्कनेहरु प्रहरी निशानामा परेका छन् । विहीबार आधा दिनमै एक हजारभन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको छ ।

प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरु पक्राउ परेको हुन् ।

निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई दुई घन्टा सडकमा उभ्याएर छाडिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।

काठमाडौंका तीनै जिल्ला प्रशासनले बुधबार मध्यरातबाट उपत्यकाभर एक साताका लागि निषेधाज्ञा लगाएका हुन् ।

यसक्रममा प्रहरीले सयौं दुई पांग्रे र चार पांग्रे सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।