
दैलेख, भदौ ४ । तीजको चहलपहल बाढन थालेपछि दैलेखमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार दिउँसो २ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
पछिल्लो समय दैलेखको बजारमा तीजको किनमेल गर्न मानिसहरुको चहलपहल बढेको थियो ।
औषधि पसल, खानेपानी, सरसफाइ जस्ता ब्यबसाय र त्यसमा प्रयोग हुने सवारी साधनबाहेक सबै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्