१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नागढुंगा नाकामा कडाइ


0
Shares

काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाई गरिएको छ ।

नागढुंगगा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी र मासुजन्य सामग्री बाहेकका सवारी साधनलाई मात्रै उपत्यका भित्रिन दिइएको छ ।

एम्बुलेन्सहरु भने निर्वाध रुपमा उपत्यका आइरहेका छन् ।

निर्माणजन्य सामग्री र अन्य सामग्री लिएर आएका सवारीहरुलाई नाकाबाटै फिर्ता पठाइएको छ ।

चेकजाँचमा कडाई भएपछि नागढुंगामा निकै लामो जाम देख्न सकिन्छ ।

उपत्यकाबाट बाहिर जाने सवारी न्यून मात्रामा भएपनि उपत्यका भित्रिने सवारीको संख्या अधिक रहेको छ ।