
काठमाडौं, भदौ ४ । स्वास्थ्य मन्त्रालयले आफुहरु संक्रमितको उपचारमा अहोरात्र खटिएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले प्रयत्न गर्दागर्दै पनि कतिपय निजी अस्पताल, संघ, संस्थाहरुले संक्रमितको उपचारमा सहयोग गर्न हिच्किचाइरहेको बताउनुभयो ।
प्रवक्ता गौतमले आइसोलेसन सेन्टरमा रहँदा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीहरुबाट सेवा, सल्लाह लिन र अनुशासित रुपमा जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि आग्रह गर्नुभयो ।
केरोना संक्रमितहरु प्रति सामाजमा नकारात्मक ज्ञान, धारणा र व्यवहार हुने गरेको भन्दै महामारीको अवस्थामा एक अर्काबीच सहयोग बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।
कोरोना नियन्त्रणको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहहरुले हर सम्भव प्रयत्न गरिरहेको भन्दै प्रवक्ता डा. गौतमले सबैको साथ र सहयोग भए महामारी नियन्त्रण गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्