
काठमाडौं, भदौ ४ । जिल्ला अदालत काठमाडौंले स्थानीय बाफलकी एक युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका थुनामा पठाउन आदेश जारी गरेको छ ।
न्यायाधीश कृष्णजङ्ग शाहको बिहीबारको इजलासले तेजाब आक्रमण गर्ने भनिएका मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका फैसला कार्यान्वयन अधिकारी सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।
आदेशमा तेजाब पीडित ओखलढुङ्गाकी पवित्रा कार्कीलाई पीडित राहत कोषबाट रु दुई लाख राहत दिनसमेत भनिएको छ ।
अभियुक्तलाई गत साउन ८ गते कार्कीलाई बाफलमा सँगै खाजा खान बोलाएर तेजाब प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग लागेको छ ।
कार्कीको हाल उपचार भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्