१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडान, पिसिआर परीक्षण सहज नभएका देशबाट यात्रु ल्याउन नपाउने


26
Shares

flight resume dr khatiwada pcr test compolsory

काठमाडौं, भदौ ५ । सरकारले भदौं १६ अर्थात् १ सेप्टेम्बरबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्ने निर्णय गरेको छ ।

सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार दैनिक ५ सय यात्रु नकट्ने गरी संस्कृति मन्त्रालयले उडान तालिका बनाउनेछ ।

यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।

तर पिसिआर परीक्षण सहज नभएका मुलुकबाट भने नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने गरी बन्देज लगाइएको छ ।

खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको जानकारी दिनुभयो ।

पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहेको भन्दै खतिवडाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने बताउनुभयो ।

भदौं १६ बाट नियमित गरिने अन्तर्राष्ट्रिय उडानको तालिका भने पर्यटन मन्त्रालयले प्रकाशित गर्नेछ ।

त्यस्ता उडानबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुका साथै स्वास्थ्य परीक्षणपछि होटलबाट गए पनि १४ दिन होम आइसोलेसनमा बस्ने लिखित सम्झौता गर्नुपर्नेछ ।

पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ ।