२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काठमाडौं उपत्यकामा १६६ सहित ८१८ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १४९ पुग्यो


13
Shares

काठमाडौं, भदौ ७ । नेपालमा कोरोना संक्रमितमध्ये आइतबार थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो पटक झापाका ५८ बर्षिय पुरुष पर्साकी ५८ बर्षिया महिला र सिरहाकी ३३ बर्षिया महिला गरि ३ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

योसँगै देशमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरका ४ वटा प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा देशभर ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सँगै संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै आइतबर १६६ जना संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना रहेका छन् ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभर विभिन्न अस्पतालबाट २८१ जना डिस्चार्ज भएको जानकारी दिनुभयो ।

यो सहित निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।

हालसम्म आइसोलेसनमा रहनेको संख्या ३ हजार ९ सय ४३ रहेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.07

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.07#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Sunday, August 23, 2020