१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चन्द समूहद्धारा स्काभेटरमा आगजनी


0
Shares

नुवाकोट, भदौ ७ । नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनीका साथै गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की दिएको छ ।

समूहले जिल्लाको बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको छ ।

त्यस्तै सो समुहले म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङलाई गाउँपालिकामा आफैँले आगो लगाएको हो भनेर स्वीकार गर्न चेतावनीयुक्त विज्ञप्ति जारी गरेको छ ।

स्काभेटर आगजानी गरेको स्थानमा बिप्लब समूहले कारबाही गरिएको आशयको पत्र छाडेको प्रहरीले जनाएको छ ।