१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सरकारले तोकेअनुसारको सेवा-सुविधा उपलब्ध नगराउने होटललाई कारबाही गर्ने महासंघको चेतावनी


0
Shares

काठमाडौं, भदौ ७ । होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले होटल क्वारेन्टाइनमा बस्नेलाई सरकारले तोके अनुसारको सेवा सुविधा उपलब्ध नगराए कारबाही गरिने बताउनुभएको छ ।

महासंघले होटल क्वारेन्टाइनहरुको नियमित अनुगमन गर्ने र सरकारले तोकेको मापदण्ड अनुसार सुविधा नदिए सम्बन्धित होटललाई कारबाही गरिने शाहले बताउनु भएको छ ।

अनुगमनका लागि महासंघले कार्यकारी महासचिव शेरबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको अध्यक्ष शाहले बताउनुभयो ।

उक्त समितिले दैनिक रुपमा होटल क्वारेन्टाइनको अनुगमन गर्ने र सरकारले भने अनुसारको खाना, खाजा लगायतको सेवा उपलब्ध नगराएको पाइए कारबाही गरिने बताउनुभयो ।

त्यस्तो होटललाई होटल क्वारेन्टाइनको सूचीबाट हटाउन सिफारिस गरिने उहाँले बताउनुभयो ।

सरकारले संक्रमितहरुलाई राख्न आइसोलेसन सेन्टर निर्माण गर्नको लागि होटलको माग गरेकाले बस्ती भन्दा टाढा रहेका पाँचवटा होटल उपलब्ध गराउने सम्बन्धमा महासंघमा छलफल भइरहेको पनि शाहले बताउनुभयो ।

सरकारले महासंघ अन्तर्गत काठमाडौं उपत्यकामा रहेका १ सय १२ वटा होटल सहित कुल २ सय २० वटा होटलहरुहरुलाई होटल क्वारेन्टाइनको रुपमा सूचीकरण गरेको छ ।

जसमा ३ हजार ५ सय वटा बेड क्षमता रहेको छ ।

सरकारले विदेशबाट नेपाल आउने व्यक्तिलाई आफ्नै खर्चमा ७ दिन सम्म अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।