
इलाम, भदौ ८ । इलाममा कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
प्रदेश–१ सरकार सामाजिक विकास मन्त्रालयको पहलमा अस्पतालले कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको हो ।
क्वारेन्टिनको रुपमा रहेको जिल्ला समन्वय समिति इलामको नवनिर्मित भवनमा कोरोना अस्पताल सञ्चालनमा ल्याइएको हो ।
२० शैयाको अस्पतालमा राखिएका १२ मध्ये ६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
हाल अस्पतालमा पाँचथरका दुइ जना समेत दश जना विरामी रहेका छन् ।
कोरोना रिपोर्ट पोजेटिभ देखिएपनि लक्षण नदेखिएका विरामीलाई अस्पतालमा राखेर उपचार गरिने र जटिल अवस्थाका विरामीलाई अन्यत्र पठाईने गरिएको छ ।
जिल्लामा हाल सम्म ८६ जना संक्रमित मध्ये ७३ जना उपचार पछि घर फर्कीएको जिल्ला प्रशासन कार्यालय इलामले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्