
काठमाडौं, भदौ ९ । मंगलबार पनि सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रह्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९७ हजार २ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार पनि ५ सयले घटेर ९७ हजार ९ सय कायम भएको थियो ।
यस दिन चाँदीको भाउ भने १३ सय २० मा स्थीर रहेको पनि महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १९ सय ४० डलर हाराहारीमा कारोबार भैरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्