१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं वडा २४ मा स्वाब संकलन


0
Shares

काठमाडौं, भदौ ९ । काठमाडौं महानगरपालिकाको वडा २४ मखनमा मंगलबार १५० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि वडा कार्यालयहरुले परीक्षणको दायरा पनि बढाउँदै लगेका छन् ।

वडा २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले कोरोना संक्रमितहरु बढेपछि कन्ट्याक्ट टेसिङ गरि स्वाब संकलनको कामलाई तिब्रता दिएको बताउनुभयो ।

उहाँले आफुहरुले टोल–टोलमा जनचेतना फैलाउँदै लगेको भन्दै आगामी दिनमा पीसीआर परीक्षणको दायरा बढाउने बताउनुभयो ।
संक्रमण नियन्त्रणका लागि व्यक्ति स्वयम सचेत हुनु पर्ने उहाँको भनाई थियो ।

अध्यक्ष श्रेष्ठले आफुहरुले विभिन्न ठाउँमा स्यानिटाइजर वितरण गरिरहेको पनि जानकारी दिनुभयो ।