
रुकुमपूर्व, भदौ ९ । रुकुम (पूर्व) जिल्ला तत्कालका लागि कोरोना सङ्क्रमणमुक्त भएको छ ।
जिल्लामा भेटिएका २४ कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।
आइसोलेसनमा बसेका सबै सङ्क्रमित निको भएर घर फर्किएपछि तत्काललाई जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो ।
जिल्लामा अहिले शून्य सङ्क्रमणको अवस्था भए पनि पुनः सङ्क्रमण देखिने जोखिम कायमै रहेकाले थप सचेतना अपनाउन आग्रह गरिएको छ ।
कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि प्रहरी, प्रशासन, स्थानीय सरकार सबैले उच्च सतर्कता अपनाउँदै कडाइ गरेका छन् ।
यहाँ घर बाहिर निस्कनेलाई मास्क र जिल्ला भित्रिने जोसुकैलाई पनि पिसिआर परीक्षणको रिपोर्ट पनि अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसका साथै गए राति १२ बजेदेखि लागू हुनेगरी १४ गते राति १२ बजेसम्मका लागि जिल्ला भित्रिने सबै सीमानाका बन्द गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्