
बर्दिया, भदौ १० । बर्दिया राष्ट्रिय निकुञ्जको मद्यवर्ती क्षेत्रमा हात्तीको झुण्डले आतंक मच्चाएको छ ।
हात्तीले गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा आतंक मच्चाएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र भारतीय सिमावर्ती जंगलवाट दिनहुँजसो आउने हात्तीले खेतमा रोपेको धान, मकै, मास, भटमास लगायतका बालीमा क्षती गर्ने गरेको स्थानीय बताएका छन् ।
बन्य जन्तु रोक्न बनाइएको बिद्युत करेन्ट प्रवाह गर्ने तारवारमा वनमारा झारले बाधा पुर्याएको र बिग्रिएको एनालाइजर मेसिन मर्मत नगरिंदा आफुहरुले क्षति व्यहोर्नु परेको नौरंगाका स्थानीय कुमार लामिछानेको गुनासो छ ।
स्थानीयको जिउज्यान, वाली नाली, पशु चौपायामा नोक्सानी पुर्याउने क्रम वढ्दै जान थालेपछि गेरुवा र राजापुरका स्थानीय त्रसित बनेका छन् ।
हात्ती धपाउन स्थानीयहरुले रातभर जाग्राम बस्नुका साथै आगोवाल्ने, हो–हल्ला गर्ने लगायतका काम गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्