१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उद्योग वाणिज्य महासंघको साधारणसभा अनिश्चित


0
Shares

काठमाडौं, भदौ ११ । कोरोना संक्रमण कारण स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा थप अनिश्चित बनेको छ ।

यसबीचमा वर्तमान अध्यक्षले राजीनामा दिएर ठाउँ खाली गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।

तर महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो कार्य विधान विपरित हुने भन्दै गलत दुष्प्रचार गरिएको बताउनुभयो ।

उहाँले वर्तमान अध्यक्षले नयाँ कार्यसमिति समक्ष राजीनामा बुझाउने र जिम्मेवारी सुम्पिएपछि मात्र अध्यक्षको कार्यभार पुरा हुने व्यवस्था विधानमै रहेको उल्लेख गर्नुभयो ।

बिधान अनुसार बर्तमान अध्यक्ष भवानी राणाले नै नियमित साधारण सभा गर्नु पर्ने छ ।

यस्तै अर्का उपाध्यक्ष किशोर प्रधानले पनि यो विधानमै नभएको कुरा भएकोले साधारणसभा विना अध्यक्षको राजिनामाको संभावना नै नभएको बताउनुभयो ।

कोभिडको प्रकोप बढ्दै गएको अवस्थामा चुनाव हुने संभावना न्यून हुदै गएकोले भर्चुल मिटिङ वा प्रादेशिक रुपमा सानो संख्यामा उपस्थिति गराएर चुनाव गर्न सकिने संभावना रहेको औल्याइएको छ ।

साधारणसभाका लागि महासंघले कार्यदल बनाएको छ ।

सो कार्यदलले दिने सुझाव र महामारीको अवस्था हेरेर अगाडि बढ्ने उपाध्यक्ष प्रधानले बताउनुभयो ।

उद्योग वाणिज्य महासंघको चैत्रमा हुनु पर्ने साधारणसभाको भाका जेठ, साउन महिना हुंदै थप अनिश्चित बन्दै गएको छ ।