१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुनेछः डोनाल्ड ट्रम्प


0
Shares

trump tax cheating alligation

एजेन्सी, भदौं १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुने आरोप लगाउनुभएको छ ।

दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी निश्चित भएसँगै ह्वाइटहाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले बाइडनको अमेरिकामा कोही पनि सुरक्षित नरहने आरोप लगाउनुभएको हो ।

आफू एक्लै समाजवाद, अराजकता र अतिवाद जस्ता शक्तिविरुद्ध पर्खाल बनेर खडा रहने उद्घोष गर्दै उहाँले भन्नुभयो, ‘यदी डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडेन नोभेम्बरमा चुनिए भने उनी यसको च्याम्पियन बन्नेछन् ।’

राष्ट्रपति निवासलाई पार्टी राजनीतिको लागि प्रयोग गरेको आरोप लागिरहँदा ह्वाइट हाउसको बगैँचाबाटै ट्रम्पले बाइडन राष्ट्रपति पदमा निर्वाचित भए मुलुकको संकट थप गहिरिने दाबी गर्नुभयो ।

रिपब्लिकनहरुको राष्ट्रिय सम्मेलनको अन्तिम सभालाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो, ‘यो चुनावले तय गर्नेछ कि हामी अमेरिकी सपनालाई जोगाउँछौं कि हामी एक समाजवादी एजेन्डालाई आफ्नो मिहिनेतले बनाएको भाग्यलाई ध्वस्त पार्ने अनुमति दिन्छौँ ।’

‘यो चुनावले तय गर्नेछ कि हामी कानून पालना गर्ने अमेरिकीको रक्षा गर्नेछौँ कि आफ्नो नागरिकलाई धम्क्याउने हिंस्रक, अराजक आन्दोलनकारी र अपराधीहरुलाई खुला छुट दिने छौँ’ ट्रम्पले भन्नुभयो ।