
संखुवासभा, भदौ १२ । संखुवासभामा भदौ १८ गतेसम्म निषेधाज्ञा थपिएको छ ।
कोरोना (कोभिड १९) संकट व्यवस्थापन समितिले १० दिनदेखि जारी निधेषाज्ञा एक साताका थप्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो ।
स्थानीय प्रशासनले निषेधाज्ञाको समयमा सरकारी कार्यालय, सार्वजनिक संस्थाहरुलाई सकभर विद्युतिय माध्यमबाट सेवा प्रदान गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्