
चितवन, भदौ १४ । कोरोना संक्रमितलाई प्राकृतिक विधिबाट उपचार गर्ने गरी चितवनको भरतपुरमा आइतबारबाट कोभिड १९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ ।
तत्काललाई ७५ वेडबाट सुरु भएको आइसोलेसन केन्द भरतपुर महानगरपालिकाको लगानीमा योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा तयार पारिएको हो ।
आवश्यकता अनुसार बढाउँदै लगिने आइसोलेसन केन्द्रमा ३०० देखि साढे ३ सय बेडसम्मको व्यवस्था गर्न सकिने प्रदेश सांसद विजय सुवेदीले जानकारी दिनुभयो ।
आइसोलेसनमा लक्षण नदेखिएका र घरमा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई राखिने उहाँको भनाइ छ ।
यसो गर्दा लक्षण नदेखिएका संक्रमितहरुले भरिएको अस्पतालको वेड खाली हुने र लक्षण देखिएकाहरुले सहज उपचार सेवा पाउने बताइएको छ ।
आइसोलेसनमा रहनेहरुको खाना, हेरचाह उपचारलगायतका लागि चिकित्सालय, भरतपुर महानगर, भरतपुर अस्पतालबाट १५ जना कर्मचारी खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्