१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पीसीआर परीक्षणको शुल्क घट्यो


0
Shares

pcr test home quarantine

काठमाडौं, भदौ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

मन्त्रालयले हाल ५ हजार ५ सय लिदै आएको शुल्क घटाएर ४ हजार ४ सय बनाएको हो ।

यो शुल्क आइतबार देखी नै लागु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बजारमा किटको मूल्य घटेका कारण परीक्षण शुल्क घटाएको बताउनुभयो ।

हाल देशभर ४५ सरकारी र ११ निजी प्रयोगशलाबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

जसमा सरकारी प्रयोगशलाहरुमा भने निशुल्क र सात प्रदेशका १/१ प्रयोगशला, उपत्यकाका २ र ११ निजी प्रयोगशलाबाट भने स:शुल्क परीक्षण हुँदै आएको छ ।