२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बालबालिका पनि कोरोना संक्रमणको उच्च जोखिममा


0
Shares

प्रज्ञा तिमल्सीना (ईमेज)
काठमाडौं, भदौ १४ । विश्वमा नै कोरोना महामारीको चपेटामा परिरहेको बेला नेपालमा पनि संक्रमण डरलाग्दो ढंगबाट फैलिरहेको छ ।

जनुसुकै उमेर समुहका मानिस पनि सक्रमणको चपेटामा परिसकेका छन्, सबै उमेर समुहमा जोखिम छ ।

संक्रमणका कारण बालबालिका पनि उच्च जोखिममा रहेका छन् ।

यही जोखिमका १० बर्ष मुनीका बालबालिकालाई घर बाहिर निस्कन नदिन स्वास्थ्य मन्त्रालयले आग्रह समेत गरेको छ ।

नेपालमा कोरोना संक्रमणबाट ४८ दिने शिशुदखि १० बर्षसम्मका २ बालक र २ बालिका गरि चार जनाको मृत्यु भइसकेको छ ।

११ देखि २० बर्षसम्मका ५ जनाको मृत्यु भएको छ । जसमा २ जना किशोर र ३ जना किशोरी रहेका छन् ।

१० बर्ष भन्दा कम उमेर समुहका बालबालिकाको रोगसँग लडने प्रतिरोधात्मक क्षमता समेत कम हुने र अरु व्यक्तिलाई सार्ने सक्ने जोखिम समेत उच्च हुने हुंदा कोरोनाका कारण वालवालिका जोखिममा परेका हुन् ।

दक्षिण कोरियाका वैज्ञानिकहरुले गरेको एक अध्ययनले १२ बर्ष भन्दा कम उमेरका वालवालिकाको नाकमा तीन साता सम्म भाइरस रहन सक्ने देखाएको छ ।

१२ बर्ष भन्दा मुनीका वालवालिकालाई अन्य उमेर समुहका वालवालिका भन्दा कम जोखिम भए तापनि अन्य व्यक्तिलाई सार्न सक्ने जोखिम रहने अध्ययनले देखाएको छ ।

वालवालिकाहरुमा भाइरसको आक्रमण र त्यसका कारण हुने विरामी र अरुलाई सार्ने जोखिम रहने अध्ययनमा उल्लेख गरिएको छ ।

यस्तै वेलायतका वैज्ञानिहरुले गरेको अध्ययनमा पनि लक्षण कम देखिएका वा नदेखिएका वालवालिकाको सासमा तीन साता सम्म भाइरस संक्रिय रहने देखिएको थियो ।

९१ जना संक्रमित बालबालिकामा गरिएको अध्ययनले तीन सातासम्म भाइरस क्रियासिल नै रहने हुंदा अरुलाई सार्न सक्ने सम्भावना उच्च रहने देखाएको छ ।

नेपालमा पनि कोरोनाका कारण धेरै वालवालिका प्रभावित भएका छन् ।

जनस्वास्थ्य वैज्ञानिक डा.समिरमणी दिक्षित वालवालिकामा संक्रमण देखिए पछि उनीहरुमा जोखिम कम रहे पनि अरुलाई सार्ने सम्भावना बढी हुने बताउनुहुन्छ ।

कोरोनाका कारण बालबालिकाको मृत्युदर भने विश्वमा नै कम छ । कम उमेरमा बालबालिकालाई लक्षण कम देखिने भए पनि संक्रमण भने हुने डा.दिक्षितको भनाइ छ ।

कोरोना सबै उमेर समुहका व्यक्तिमा पुगिसकेको छ । झन लक्षण नै नदेखिने समुहमा संक्रमण पुग्यो भने त्यसको फैलावट निकै बढ्ने हुन्छ ।

यसतर्फ बेलैमा आवश्यक ध्यान दिएर सावधानीका उपाय अपनाउन ढिलो नगरौं ।