
वीरगञ्ज, भदौ १५ । वीरगञ्जमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु गरिएको छ ।
भदौ १४ गते देखि अस्पतालको आइसीयू कक्षमा उपचाररत एक संक्रमितको उपचार प्लाज्मा थेरापीबाट थालिएको चिकित्सक डा. उदयनारायण सिंहले जानकारी गराउनुभयो ।
सर्लाही, चकरघट्टा गाउँपालिका-३ सुन्दरपुर बस्ने ३५ वर्षीय कोरोनामुक्त युवकको एण्टीबडी संक्रमित व्यक्तिलाई दिएर उपचार शुरु गरिएको हो ।
संक्रमितको उपचारमा प्रभावकारी मानिएको कन्भेल्सेन्ट प्लाज्मा थेरापीको उपचार सेवा प्रदेश २ मा पहिलो पटक बीरगन्जको नारायणी अस्पतालमा शुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्