१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पीसीआर परीक्षण गर्ने प्रयोगशाला भएका अस्पताल र प्रयोगशाला नभएका अस्पतालको परीक्षण शुल्क फरक


0
Shares

काठमाडौं, भदौ १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने प्रयोगशाला भएका अस्पताल र परीक्षण श्वाब संकलन गर्ने अस्पतालहरुमा पीसीआर परीक्षणको शुल्क फरक फरक रहने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रयोगशाला भएका अस्पतालले पीसीआर परीक्षण गराएको ४ हजार शुल्क लिनु पर्ने र प्रयोगशाला नभएका तर श्वाब संकलन मात्र गर्ने अस्पतालहरुले ४ हजार ४ सय शुल्क लिन पाउने निर्णय भएको जानकारी दिनुभयो ।

यस अघि मन्त्रालयले पीसीआर परीक्षण गरे वापत ५ हजार ५ सय शुल्क तोकेको थियो ।

मन्त्रालयले संक्रमितको संख्या बढिरहेको समयमा स्रोत साधन र स्वास्थ्य प्रणालीले नै धान्न नसक्ने अवस्था आउन सक्ने भन्दै संक्रमितको व्यवस्थापन घर वा समुदायमा कसरी गर्ने भन्नेबारे छलफल गर्न आग्रह गरेको छ ।

प्रवक्ता डा. गौतमले लक्षण नभएका संक्रमितलाई घरमा कसरी व्यवस्थापन गर्ने ,कुन शैचालय प्रयोग गर्ने लगाएतका विषयमा छलफल गरी पूर्व तयारीमा बस्न आग्रह गर्नुभयो ।

पछिल्लो समय लक्षण विनाका संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।

होम आइसोलेसनमा सुरक्षा नअपनाउदा संक्रमणको जोखिम बढेका कारण मन्त्रालयले सबैलाई पूर्व तयारीमा बस्न आग्रह गरेको हो ।