१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञामा करिब १२ हजार सवारी कारवाही


0
Shares

काठमाडौं, भदौ १५ । उपत्यकामा जारी निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी कारवाहीमा परेका छन् ।

भदौ तीन गतेबाट सोमबारसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

अत्यावश्यक सेवा क्षेत्र बाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरुलाई होल्डमा राखेर कारवाही गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकालले बताउनुभयो ।

सुरुका दिनभन्दा पछिल्लो समय नागरिक सचेतना बढेकाले अनावश्यक बाहिर निस्किनेहरुको संख्या कम रहेको उहाँले भनाई छ ।

जोखिम बढेसँगै नागरिकहरुमा सचेतना बढेको छ भने ट्राफिक प्रहरीले पनि आफ्नो सक्रियता बढाएको हो ।

प्रशासनले स्वास्थ्य, सुरक्षा, सञ्चारमाध्यम, खाद्यान्न, तरकारी, फलफुल खानेपानी, दुध, इन्धन, ग्यास लगायतका सवारीलाई निर्वाध रुपमा सञ्चालन हुन दिएको छ ।

सुरुमा एक साताका लागि निषेधाज्ञा जारी भएपनि भदौ १७ गतेसम्मका निषेधाज्ञा थप गरिएको हो ।