
काठमाडौं, भदौ १६ । नेपालमा पछिल्लो समय भेटिएका ९६ प्रतिशत कोरोना संक्रमितमा स्थानीय संक्रमण भएको खुलेको छ ।
जनस्वास्थ्य विद् डा. सुरेश तिवारीले काठमाडौंसहित ५ सयभन्दा बढी संक्रमितको संख्या रहेको १२ जिल्लामा भेटिएका संक्रमण स्थानीय संक्रमण रहेको बताउनुभयो ।
५ सयभन्दा बढी संक्रमित रहेका काठमाडौं, भक्तपुर, ललितपुर, महोत्तरी, सर्लाही, वारा, पर्सा, रौतहट, धनुषा, चितवन, रुपन्देही र मोरङ संक्रमणको हटस्पट नै बनेको भन्दै उहाँले ती जिल्लाहरुमा संक्रमण समुदाय स्तरमा गईसकेको जानकारी दिनुभयो ।
५ सय माथि संक्रमित रहेको जिल्ला भित्रनै संक्रमण नियन्त्रण गराउनु पर्ने भन्दै डा. तिवारीले संक्रमण नियन्त्रणमा समुदायको ठूलो भुमिका रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्