२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दिपायलमा २१ सेनासहित २४ जनामा कोरोना संक्रमण


0
Shares

डोटी, भदौ २६ । नेपाली सेनाका २१ सहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका–४ दिपायल राजपुरस्थित सुल्लेक डाँडामा रहेको नेपाली सेनाको गरुबक्स गुल्ममा कार्यरत २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

दिपालय सिलगढी नगरपालिका–६ मा दुई जना र केआईसिंह गाउँपालिका–४ मा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मी सङ्क्रमण भएको यो पहिलो पटक हो ।

कोरोना सङ्क्रमण देखिएका सैनिकलाई आइसोलेसनमा राखिएको छ । रासस