
लमजुङ, भदौ १७ । लमजुङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन कक्षहरु भरिएका छन् ।
तीनवटा आइसोलेसन कक्षमा एकसय बेड क्षमता मात्र छ ।
संक्रमितको संख्या २ सय ३३ पुगेपछि उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या देखिन थालेको छ ।
आइसोलेसनमा क्षमता भन्दा बढी संक्रमित भएपछि समस्या आएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।
उहाँले आजदेखि सुन्दरबजारको लमजुङ कृषि क्याम्पसमा समेत आइसोलेसनको व्यवस्था गर्ने तयारी गरिएको बताउनुभयो ।
लमजुङमा संक्रमित मध्ये १ सय १३ जना निको भएपनि हाल आइसोलेसनमा १ सय २० जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्