
सिन्धुपाल्चोक, भदौ १७ । सिन्धुपाल्चोकमा एकसाता निधेषाज्ञा थपिएको छ ।
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले निषेधाज्ञा भदौ २४ गते राति १२ बजे सम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।
जिल्ला प्रवेश गर्ने नाकामा समेत थप कडाई गर्ने निर्णय समेत भएको छ ।
अति आवश्यक कामको लागि जिल्ला प्रवेश गर्नु पर्ने भए सम्बन्धित पालिका र वडाको लिखित पत्र पछि मात्र छिर्न दिने निर्णय समेत भएको छ ।
लिखित पत्रपछि पनि सम्बन्धित वडा अध्यक्षको जिम्मामा क्वारेन्टाईनमा राख्ने गरी प्रहरीलाई पत्र बुझाउनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्