
काठमाडौं, भदौ १७ । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सोमबार भएको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधनको खबर सुनेर आफू स्तब्ध भएको र आफूलाई निकै दुःख लागेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर भारतका पूर्वराष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
पूर्व राष्ट्रपति मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै आफ्नो र संयुक्त राज्य अमेरिकाका तर्फबाट मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि तथा भारत र भारतीय जनताप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
मङ्गलबार ट्वीट गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एएनआई)
प्रतिक्रिया दिनुहोस्