२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


शशांकले देउवालाई सोधे-‘फागुनमा महाधिवेशन गर्ने कि नगर्ने ?’


0
Shares

neplai congress shashank

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग फागुनमा महाधिवेशन गर्ने/नगर्ने के हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार गरेको भर्चुअल अन्तक्रियामा फागुनमा १४ औं महाधिवेशन हुने हो कि होइन भन्ने सुनिश्चितता नदेखिएको भन्दै देउवाले उत्तर दिनुपर्ने बताउनुभयो ।

कोरोना महामारी र सभापति शेरबहादुर देउवाको कार्यशैलीले गर्दा फागुन ७ देखि तय गरिएको महाधिवेशन अन्यौलमा परेको कोइरालाले भनाइ थियो ।

कोइरालाले प्रश्न गर्नुभयो, ‘पार्टी नेतृत्व परिवर्तन हुनुपर्छ भन्नेमा म छु । तर तोकिएको समयमै अधिवेशन हुन्छ कि हुन्न ? कोरोना छ । अर्कोतर्फ सभापति देउवाको अधिवेशन गर्ने मनशाय छ कि छैन ?’

कोइरालाले फागुनमा महाधिवेशन नभए वैशाखमा गर्नुपर्ने पनि बताउनुभयो ।

गत वर्ष नै नियमित कार्यकाल सकाएका सभापति देउवाले अधिवेशन गर्न भन्दै अर्को एक वर्ष कार्यकाल थप्नुभएको थियो ।

थपिएको कार्यकाल पनि फागुन १९ मा सकिँदैछ । उक्त समयमा पनि महाधिवेशन हुने कुनै लक्षण देखिएको छैन ।