
काठमाडौं, भदौ १८ । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण उद्योग क्षेत्रमा नराम्रो असर परेको भन्दै व्यवसायीले अब उप्रान्त कुनै पनि बन्दाबन्दी र निषेधाज्ञा नमान्ने चेतावनी दिएका छन् ।
निरन्तरको लकडाउनले बैंकको ऋण, व्याज र किस्ता तिर्न नसक्ने, घरभाडा, विद्युत, खानेपानी, टेलिफोन आदि न्यूनतम बिलहरु भुक्तानी गर्न नसक्ने अवस्था आएको गुनासो उनीहरुको छ ।
यस्तै कच्चापदार्थ र तयारी वस्तु ओसारपोसारमा समेत समस्या भएको छ ।
रोगले भन्दा भोकले समस्या भयाभह हुने भन्दै कोरोना रोकथामका लागी बन्दबन्दी मात्र समाधान नभएकोे व्यवसायीको तर्क छ ।
उद्योग व्यापार संगठन रुपन्देहीले विज्ञप्ती जारी गरी भदौ २१ गतेदेखि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ ।
अब नगरपालिका र जिल्ला प्रशासनसंग समन्वय गरि व्यवसाय खोल्नको लागि सूचना समेत जारी गरिने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्