
काठमाडौं, भदौ १८ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उतार चढावकाबीच सामान्य गिरावट आएको छ ।
यस दिन नेप्से परिसुचक शुन्य दशमलव १५ अंकले घटेको छ ।
बुधवार चार अर्ब बढीको कारोवार भएको बजारमा बिहीबार कारोवार रकम पनि खुम्चिएर साढे दुई अर्बको हाराहारीमा भएको भएको नेपाल स्टक एक्सजेन्जले जनाएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स भने तीन सय चार अंकले बृद्धि भएको छ ।
बुधबार ९४ अंकले उकालो लागेको जलविद्युत क्षेत्र २४ दशमलव ९८ अंकले ओरालो लागेको छ ।
बिहीबार निर्जिवन बिमा कम्पनी ६७ दशमलव ३४ अंकले बृद्धि हुदा होटल समुह पनि ३१ अंकले बृद्धि भएको छ ।
यस्तै म्युचुयल फन्डमा पनि सामान्य बुद्धि भएको छ ।
यस दिन बैक, व्यापार, उत्पादन समुह भने सामान्य अंकले ओरालो लागेको छन् ।
कारोवारको रकमको आधारमा विहिवार नेपाल बिमा कम्पनी अग्रस्थानमा रहेको छ ।
बिहीबार १ सय ८६ कम्पनीले ९३ लाख दुई हजार बढी शेयर २ अर्ब ६३ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्