१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अछाममा कर्तब्य ज्यान मुद्दामा संलग्न ६ पक्राउ


0
Shares

अछाम, भदौ १८ । अछाममा कर्तव्य ज्यान मुद्दामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको छ ।

भदौ १६ गते राती मंगलसेन नगरपालिका–१४ कालागाँउ बस्ने मानबहादुर भण्डारीको २४ वर्षिय छोरा सन्तोष भण्डारीलाई कुटपिट गरि उपचारको क्रममा ज्यान गएको थियो ।

घटनामा संलग्न ६ जनालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको र अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

१६ गते राती कालागाउँको खानडाँडा भन्ने स्थानमा कमलबजार नगरपालिका ६ हात्तीबाज बस्ने भुपेन्द्र शाही लगायत ७ र ८ जना व्यक्तिहरुको समुहले सामान्य विवाद भई कुटपिट गरी घाईते बनाएको र घाईतेको हिजो मृत्यु भएको प्रहरीले जनाएको छ ।