२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


होम डेलिभरीलाई स्वीकृति


0
Shares

काठमाडौं, भदौ १८ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड बिहीबार स्वीकृत भएको र शुक्रबारदेखि लागू हुने जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले उक्त मापदण्ड तयार पारेको हो ।

घरदैलो सेवा भने दिउँसो एक बजेदेखि साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

कोभिड–१९ को सङ्क्रमण बढिरहेको अवस्थामा मापदण्ड विपरीत सेवा सञ्चालन गर्दा घरघरमा सङ्क्रमण फैलिन सक्ने जनाउँदै स्थानीय प्रशासनले अघिल्लो हप्तादेखि उक्त सेवा बन्द गरेको थियो ।