१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रातो मच्छिन्द्रनाथसँग क्षमा माग्दै यसरी गरियो पूजा


0
Shares

rato machhendranath chhema puja

ललितपुर, भदौं १९ । रातो मच्छिन्द्रनाथसँग रथयात्रा गर्न नसकिएकामा क्षमा माग्दै शुक्रबार ललितपुरमा क्षमापूजा गरिएको छ ।

शुक्रबार बिहान ८ जना पुजारीले ललितपुर महानगर क्षेत्रमा लगाइएको कर्फ्यूका बीच नै विशेष पद्धतिका साथ मच्छिन्द्रनाथको क्षमा पूजा गरेका हुन् ।

बिहीबार मात्र प्रशासनले लगाएको निषेधाज्ञाका बीच रथ तान्न खोज्दा प्रहरीसँग झडप हुँदा अप्रिय अवस्था सृजना भएको थियो । केही घाइते भएका थिए ।

बिहीबारको झडपपछि जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले क्षमापूजा गर्ने निर्णय गरेको थियो । रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय पनि गरिएको छ ।

कार्यदलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार शुक्रबार क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ ।

त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ । सोही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको विज्ञप्तिमा छ ।