
उदयपुर, भदौ १९ । दुईजना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरुमा एक पुजारी पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिकाको मोहनपुरस्थित शिव मन्दिरका ६६ बर्षिय पुजारी साधु राम बिलास मण्डललाई प्रहरीले दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।
१० बर्षिया र ८ बर्षिय बालिकालाइ विभिन्न प्रलोभन देखाउदै मन्दिरकै रहेको एक कोठामा दुर्व्यवहार गरेको भन्दै बालिकाका अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख भिम बहादुर दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्