६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


देउवाले लगातार लत्याएपछि पौडेल पक्षले गरे भर्चुअल मिटिङ, महाधिवेशन निष्पक्ष हुनेमा शंका


0
Shares

congress poudel geneal convention cheating president sherbahadur deuba

काठमाडौं, भदौं २० । नेपाली कांग्रेस असन्तुष्ट पक्षका नेताहरुले शनिबार अर्चुअल बैठक गरेका छन् । बैठकमा रामचन्द्र पौडेल पक्षीय केन्द्रीय समिति सदस्यहरु जुटेका हुन् ।

पौडेल पक्षको निरन्तरको विरोधलाई बेवास्ता गर्दै पार्टी सभापति शेरबहादुर देउवाले लगातार विभागहरु गठन गर्न थाले रुष्ट बनेका नेताहरु भर्चुअल बैठकमार्फत् आफ्नो रणनीति बनाउन जुटेका हुन् ।

बैठकले पार्टी विधि विधानसम्मत चल्नुपर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिनुभएको छ । आगामी १४ औं महाधिवेशन निष्पक्ष हुनेमै शंका गरिरहेको पौडेल पक्षले यसमा विशेष जोड दिएको छ ।

छलफलमा केन्द्रीय सदस्यहरुले १४ औं केन्द्रीय महाधिवेशन निष्पक्ष, पारदर्शी र समयमै सम्पन्न गराउन दबाब दिनुपर्नेमा एकमत जनाएका छन् ।

दबाब नदिँदासम्म सभापतिले नटेर्ने र विभागलगायतका निकायमा मनोनयन नरोक्ने भन्दै उस्तै परे अनशन नै बस्नुपर्नेमा पौडेल पक्ष पुगेको छ ।

खासगरी महाधिवेशनको मुखमा सभापति देउवाले एकलौटी ढंगले विभाग, शुभेच्छुक संस्थालगायतमा मनोनयन गर्दै पद बाँडेकामा पौडेल पक्षको आपत्रि रहेको छ ।

महाधिवेशन प्रभावित पार्नका लागि देउवाले औचित्यहीन भए पनि पद बाँडिरहेको भनाइ असन्तुष्ट पक्षको छ ।

बैडकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेललगायत नेता सहभागि हुनुभएको थियो ।

पार्टी विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग तथा शुभेच्छुक संघसंस्थामा मनोनयन गर्नुपर्नेमा देउवाले हिजोआज दिनहुँजसो विभागलगायतमा मनोनयन जारी राखेकाले उनीहरुले आपत्ति जनाएका हुन् ।

फागुनमा तय भएको १४ औं महाधिवेशन आफ्नो पक्षमा पार्न सभापति देउवाले निर्वाचन आचारसंहिता मिचेर एक हजारभन्दा बढी कार्यकर्तालाई पद बाँडेपछि देउवाइतर समूह आक्रोशित बनेका छन् ।