१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीर अस्पताल बन्ने भयो कोभिड अस्पताल


0
Shares

काठमाडौं, भदौ २१ । सरकारले वीर अस्पपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ ।

अब विर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध हुनेछन ।

यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ ।

आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उहाँले बताउनुभो ।

त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो ।