
काठमाडौं, भदौ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टिनमा बस्नुभएको छ ।
तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि मन्त्री ढकालले आफू क्वारेन्टिनमा बसेको जानकारी दिनुभयो ।
परिवारका एक सदस्यलाई कोरोना देखिएपछि ३ दिनदेखि घरमा बसेको र ५ दिनपछि पिसिआर परिक्षण गराउने मन्त्री ढकालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्