
काठमाडौं, भदौ २१ । केन्द्रिय तथ्यांक विभागले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिक भन्दा तेस्रो त्रैमासिकमा मौसम प्रभावले कुल ग्राहस्थ उत्पादन संकुचन हुने आँकलन गरेको छ ।
विभागले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा समायोजीत कुल ग्राहस्थ उत्पादन २ दशमलव ७२ प्रतिशतले संकुचन हुने जनाएको हो ।
यस्तै विभागले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासमाको तुलनामा असमायोजीत कुल ग्राहस्थ उत्पादन ०.८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक आँकलन पनि गरेको छ ।
तर सरकारले आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा २ दशमलब २७ प्रतिशत आर्थिक वृद्धिद्धर हाँसिल गर्ने लक्ष्य राखेको थियो ।
यस्तै तथ्याकं विभागले आर्थिक वर्ष २०७६/७७ को वार्षिक राष्ट्रिय लेखा तथ्याकं परिमार्जन गरि प्रकाशनमा नल्याएको पनि स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्