१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१७५ रुपैयाँमा खाना खुवाउन सक्दैनौं सरकारः उपत्यकाका सिडिओ र पालिका प्रमुखहरु


0
Shares

kathmandu valley lockdown corona

काठमाडौं, भदौं २१ । काठमाडौं उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुले सरकारले तोकेको पैसामा खाना खुवाउन नसकिने भन्दै ध्यानाकर्षण गराएका छन् ।

कोरोना संक्रमित क्वारेन्टिनमा रहँदा सरकारले दिने खाना खर्चवापत दिइरहेको प्रतिव्यक्ति १७५ रुपैयाँ कम भएको भन्दै बढाउन उनीहरुले केन्द्र सरकारसँग माग गरेका हुन् ।

हाल सरकारले क्वारेन्टिनको खाना खर्च वापत प्रतिव्यक्ति १७५ को तोकेकोमा पुनरावलोकन गर्न मागर्दै उनीहरुले भनेका छन्, ‘खानाको दररेट पुनरावलोकन गर्नैपर्छ । कम्तिमा दिनको ६०० रुपैयाँ भयो भने हुन्छ ।’

काठमाडौंका सिडियो जनकराज दाहालले भन्नुभयो, ‘एकातिर विश्व स्वास्थ्य संगठनको मापदण्ड पोषणतत्वसहितको स्टामिना बढाउने खालको भन्छ, अर्कोतिर १७५ रुपैयाँ तोकिएको छ । यसमा सरकारका तर्फबाट रिभ्यू अनिवार्य छ ।’

भक्तपुरकी सिडियो होमकला पाण्डेले पनि १७५ मा रुपैँयाँमा खाना खुवाउन नसकिने विवशता सुनानुभयो ।

चीनबाट ल्याइएका विद्यार्थीलाई प्रतिव्यक्ति १३ सय, बंगलादेश ल्याउँदा ७५० र तेस्रो चोटि ५५० मा खुवाइएको र अहिले पनि ५५० मै खाना खुवाइरहेको भन्द्यै उहाँले १५० मा खुवाउन सम्भवनहुने बताउनुभयो ।

नगरपालिका फोरम तथा नगरपालिका संघका पदाधिकारीहरुले पनि आइतबार संसदीय समितिले आयोजना गरेको छलफलमा १७५ रुपैयाँमा खाना खुवाउन नसकिने बताए ।