१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण, डिस्चार्ज १७३६, मृतकको संख्या ३०० पुग्यो


0
Shares

काठमाडौं, भदौ २२ । पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९७९ जना संक्रमित थपिएका हुन् ।

यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् ।

योसहित हालसम्म कोरोना निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.22

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.22#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Monday, September 7, 2020