८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शेयरमा पुनः दोहोरो अंकले गिरावट


0
Shares

काठमाडौं, भदौ २२ । आइतबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार सोमबार पुनः दोहोरै अंकले ओर्लियो ।

कारोबार सवा २ अर्ब माथी भयो ।

सोमबार कारोबार भएका अधिकांश समुहमा गिरावट आएसँगै नेप्से पनि ओर्लिएको हो ।

सोमबार जीवन बिमा समुह सबैभन्दा उच्च ९२ अंकले ओर्लदा निर्जिवन बिमा समुह ४६ अंकले खुम्चियो ।

वाणिज्य बैंक, विकास बैंक र उत्पादनमुलक समुह दोहोरो अंकले झरे ।

व्यापार समुह, अन्य र लघुवित्त समुह सामान्य अंकले सुधारिए ।

यसदिन १ सय ११ कम्पनीको शेयर मुल्य घट्दा ३८ कम्पनीको शेयर बढ्यो २० कम्पनी स्थिर रहे ।

सोमबार १ सय ९२ कम्पनीको ५ लाख ५९ हजार कित्ता शेयर २ अर्ब १६ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।