८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पोल्ट्री व्यवसायमा दैनिक २० करोड घाटा


0
Shares

काठमाडौं, भदौ २२ । आत्मनिर्भर बन्दै गएको पोल्ट्रि क्षेत्रमा लकडाउन र निषेधाज्ञाका कारण दैनिक करोडौं घाटा व्यहोर्नु परेको व्यवसायीले बताएका छन् ।

नेपाल पोल्ट्रि व्यवसायी महासंघले लामो समयदेखीको लकडाउन र निषेधाज्ञाका कारण पोल्ट्रि व्यवसायमा दैनिक २० करोड भन्दा बढी घाटा व्यहोर्न बाध्य भएको जनाएको छ ।

कृषकहरु लागत भन्दा धेरै कम मुल्यमा कुखुरा बेच्न बाध्य भएको बताएका छन् ।

अण्डा उत्पादक किसानले पनि लाखौंको क्षती व्यहोरेको महासंघले जनाएको छ ।

हप्तामा ४० लाख ब्रोईलर चल्ला उत्पादन र पूर्ति हुने गरेकोमा अहिले भने आधा मात्रै चल्ला उत्पादन गर्ने गरेको र सो चल्ला समेत बजारमा खपत नहुँदा गाड्नुपरेको महासंघका महासचिव दिनेश राज मिश्रले बताउनुभयो ।

पोल्ट्रि व्यवसायीले लकडाउन अवधिभरको ब्याज मिनाहा गर्न पनि माग गरेका छन् ।

कोरोनाको कारण देशैभर गरिएको लकडाउन र निषेधाज्ञाले पसल बन्द भई उपभोग घट्नु र समयमै दाना आपूर्ति समेत नहुँदा पोल्ट्रि व्यवसाय नै धरापमा परेको व्यवसायीले बताएका छन् ।