
हेटौंडा, भदौ २३ । हेटौंडाका एकजना उद्योगी पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा ५९ वर्षीय वप्लिपकान्ती बोस पक्राउ परेका हुन् ।
उनलाई जिल्ला अदालत रौतहटको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले पक्राउ गरेको हो ।
बोस हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सुपर लेमिकोट्स प्रालि र गर्दोइमा रहेको नारायणी मिलका संचालक हुन् ।
उनी भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्